बुद्ध एयरको जहाजको ल्यान्डिङ गियरमा समस्या : ‘फोर्स ल्यान्डिङ’ को तयारी



काठमाडौं ।

विराटनगरबाट फर्केको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गर्ने तयारी गरिएको छ ।

काठमाडौंबाट विराटनगरका लागी उडेको विमान त्यहाँ अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । जहाज अहिले आकाशमा घुमिरहेको छ ।

जहाजले फ्युल बर्न गरिरहेको र ल्यान्डिङ गियर भेरिफाई गर्ने काम भइरहेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए ।

उनले भने–‘ल्यान्डिङ गियर एउटा आधा मात्र देखिएको छ, समस्या भयो भने इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार