कोहलपुर वाइसीएलकाे दोस्रो नगर सम्मेलनबाट संयोजकमा खड्का चयन



काेहलपुर  । 

योङ्ग कम्युनिष्ट लिग नेपाल वाइसिएल कोहलपुर नगरपालिकास्तरीय समितिको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । आईतबार कोहलपुरस्थित शहिद स्मृती प्रतिष्ठानमा सम्पन्न नगर सम्मेलनले लाल बहादुर खड्काको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

वाइसीएल नेपालका केन्द्रिय नेता तथा लुम्बिनी प्रदेश इन्चार्ज गणेश शाहीको प्रमुख उपस्थितीमा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा सुनिल आले, धनसिह लुहार, टेकराज पाण्डे, सचिमा अर्जुन बडुवाल, सह-सचिमा बम बहादुर परियार, अनिल सेर्पाली, फारुक खाँ र कोषाध्यक्षमा पार्वती चौधरी चयन भएका छन ।

त्यसक्रममा तरुण दल र राष्ट्रिय युवा संघ परित्याग गरि ७२ जना युवाहरु वाइसिएलमा प्रवेश गरेको वाइसिएल बाँकेका अध्यक्ष आकाश कार्कीले जानकारी दिए ।

कार्यक्रममा नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी

No description available.

, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक), नेकपा (माओबादी केन्द्र) केन्द्रीय अनुशासन आयोगका सचिव असोक रोकाय, लुम्बिनी प्रदेश सदस्य तथा बाँके क्षेत्र न. १ का इन्चार्ज चन्द्रकान्त सुबेधी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा के.सि. (नमुना), कोहलपुर नगर अध्यक्ष तुलराज बिष्ट (बिहानी), वाइसीएल नेपालका केन्द्रीय नेता रतन शाही, मिना चदारा (मनिषा), गिता शाही, वाइसीएल बाँकेका पुर्व इन्चार्ज सुरज जागा लगाएतले कार्यक्रममा आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले राष्ट्रका मेरुदण्डका रुपमा रहेका युवाहरुलाई संगठित गर्दै परिवर्तनकारी शक्तिमा बदल्न वाइसिएलको भुमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार