16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

कोहलपुरमा ट्रयाक्टरको ठक्करबाट युवकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १०, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा शनिबार राती मोटरसाईकलाई ट्रयाक्टरले ठक्कर दिदाँ एक युवकको ज्यान गएको छ ।

शनिबार राती ८ बजेतिर कोहलपुर नगरपालिका– ५ एनसिसिएन नजिकै ट्रयाक्टरले ठक्कर दिदाँ मोटरसाईकलमा सवार कोहलपुर– २ का सन्तोष अधिकारीको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ त ४७८४ नम्बरको ट्रयाक्टर र पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको भे ९ प ५६७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीलाई नजिकै रहेको कोहलपुर मेडिकल कलेजमा पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रयाक्टर ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको छ भने ट्रयाक्टरका चालक फरार रहेका छन् ।

 

प्रकाशित मितिः आइतवार, अशोज १०, २०७८     11:38:50 AM  |