20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दुई स्थानीय तहमा व्यूटिसियन तीन महिने निःशुल्क तालिम सञ्चालन (फाेटाे फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ८, २०७८  

कोहलपुर ।

बाँकेका दुई स्थानीय तहमा व्यूटिसियन तह १ को तीन महिने निःशुल्क तालिम सञ्चालन भएको छ । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा व्यूटिसियनमा तह १ को तीन महिने निःशुल्क तालिम सञ्चालन भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा र नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास शाखा संयोजक शोभा शाहले सो तालिमको उद्घाटन गरेका थिए ।

उद्घाटनमा बोल्दै सामाजिक विकास शाखाका संयोजक शाहले बाँकेमा आठ वटै पालिकामा सञ्चालन गर्नुुपर्नेमा जोड दिएकी थिइन् ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खड्काले महिलाहरुलाई आत्मानिर्भर बनाउनका लागि सो तालिम दिइएको बताइन् । ‘तीन महिनसम्म सो तालिम सञ्चालन हुनेछ, उनले भनीन ‘सो तालिम लिएपछि आफै व्यूटिपार्लर सञ्चालन गरेर बस्नेछन् ।’ महिलाहरुलाई परनिर्भर भन्ने अन्धविश्वास हट्दै गएको र अझै पनि यसलाई निमूल पार्नका लागि विभिन्न तालिमहरु सञ्चालन गरिरहेको उनको भनाई थियो ।

यस्तै कोहलपुरमा व्यूटिसियनका प्रमुख प्रशिक्षक रिता चौधरी, सहायक प्रशिक्षक बिस्मति चौधरी र नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशिक्षक गिता भन्डारी र सहायक प्रशिक्षक मन्जु सिलवाल रहेका मल्टिस्किल एण्ड इन्भारोमेन्ट डेप्लभमेन्ट प्रा.लि. का पोजेक्ट कोडिनेटर केशव पन्थीले बताए ।

यस्तै तालिममा महिला उद्यमी समिति अध्यक्ष सुमित्रा चौधरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति अध्यक्ष हेम बिक्रम जि।सी। र सदस्य यमुना रोकायको उपस्थित रहेको थियो । यस्तै शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT-II) को सहयोग र मल्टिस्किल एण्ड इन्भारोमेन्ट डेप्लभमेन्ट प्रा.लि.ले प्राविधिक सहयोग गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज ८, २०७८     8:27:25 PM  |