19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

क्रिकेटर विनोद भण्डारी र सञ्चारकर्मी सोनीकाबीच इनगेजमेन्ट दशैंमा बिहे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ८, २०७८  

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन् ।

हिजो काठमाडौंमा सानो समारोहबीच उनीहरुले औंठी साटेका हुन् । कार्यक्रममा दुवैतर्फका परिवारका सदस्यहरु मात्रै सहभागी थिए । उनीहरुको बिवाह दशैंको टिकाको दिन गर्ने तय भएको छ ।

हिमालय टेलिभिजनमा पाँच वर्षअघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउँदादेखि नै दुई जनाबीचको प्रेम सम्बन्ध सुरु भएको थियो ।

सञ्चारकर्मी अर्याल भने हाल ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्छिन् ।

उनले यसअघि हिमालय टेलिभिजन र एपीवान टेलिभिजनमा काम गरेकी थिइन् ।

विनोद हिजो मात्रै नेपालको ओमान टुर सकेर फर्केका थिए ।

ब्याट्सम्यान र विकेटकिपरको भूमिकामा रहेका उनी नेपालका अनुभवी क्रिकेटमा पर्छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज ८, २०७८     11:44:45 AM  |