23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

जन्मिन नपाउँदै प्रियंकाकी छोरीका १५ हजार फलोअर्स

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ७, २०७८  

अभिनेत्री प्रियंका कार्कीकी छोरी आयान्का पनि आमाजस्तै चर्चामा रहने सँकेत देखिएको छ । उनी जन्मिनुअघि नै आमाले पेटको अनेक फोटो सुट गराएर सबैको ध्यान आफूतिर तानेकी थिइन् ।

आयन्काको चर्चाको कारण अरु केहि नभई इन्स्टाग्रामका फलोअर्स हुन् । हिजो भर्खर छोरीलाई जन्म दिएका प्रियंका र श्रीमान आयुष्मान देशराज जोशीले आयान्का कार्की जोशीको नामबाट छोरीको इन्स्टाग्राम अकाउन्ट खोलेका थिए ।

अकाउन्ट खोलिएको दुई दिनमै उनका १५ हजारभन्दा धेरै फलोअर्स भएका छन् । इन्स्टाग्रामको नियमअनुसार १३ वर्ष नपुग्दासम्म कसैले पनि यो माध्यम चलाउन पाउँदैन ।

र,यदि चलाउनै परेमा परिवार वा आमाबुबाले जिम्मा लिनपर्ने हुन्छ । यही प्रक्रियाअनुसार उनीहरुले आफ्नी छोरीको इन्स्टाग्राम सञ्चालन गरेका हुन् ।

 

प्रकाशित मितिः बिहिबार, अशोज ७, २०७८     5:56:00 PM  |