सिलाइकटाई एक तहको निःशुल्क तालिम सुरु (फाेटाे फिचर)



कोहलपुर ।

बाँकेको कोहलपुरमा सिलाइकटाई एक तहको निःशुल्क तालिम सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाले सो तालिमको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बौल्दै परनिर्भर भएका महिलाहरुलाई निःशुल्क तालिम उपलब्ध गराई आत्मार्निभर बनाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तैै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खड्काले तालिम लिइसकेपछि व्यवसाय सुरु गर्न चाहेमा ऋण उपलब्ध गराउने बताइन् ।

पोजेक्ट कोडिनेटर केशव पन्थीका अनुसार अति विपन्न, गरिब, अपाङ्ग, जनजाति, कमलहरी, मकैयाहलिया र एकल महिलाहरुलाई सो तालिम दिइएको बताए । सो तालिम तीन महिनासम्म चल्नेछ ।

यस्तै कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग कोहलपुर नगर समिति अध्यक्ष हेम विक्रम जि.सि., नेपाल घरेलु तथा साना उद्योग जिल्ला सदस्य यमुना रोकाय, प्रमुख प्रशिक्षक लक्ष्मी चौधरी, सहायक प्रशिक्षक रमिला सुनार, समाजसेवी गिता वलि र मल्टिस्किल एण्ड इन्भारोमेन्ट डेप्लभमेन्ट प्रा.लि. का पोजेक्ट कोडिनेटर केशव पन्थी लगायतको उपस्थित रहेको थियो ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT II) को सहयोग र मल्टिस्किल एण्ड इन्भारोमेन्ट डेप्लभमेन्ट प्रा.लि.ले प्राविधिक सहयाेग गरेकाे छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ७ गते बिहीबार