कोहलपुर ।
बाँकेको कोहलपुरबाट प्रहरीले मोटरसाईकल चोर्दाचोर्दै दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।
चोर्दाचोर्दै रंगेहात पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर– ८ का प्रेम बहादुर चौधरी र सोही ठाउँकै हुम बहादुर गिरी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
दुबै जना कोहलपुर नगरपालिका वडा नम्बर– २ प्रेमनगरका अर्जुन रिजालको चोरी भएको भे १ प ५६०२ नम्बरको मोटरसाईकलसहित पक्राउ परेका हुन् ।
रिजालले मोटरसाईकल घरको बरण्डामा पार्किङ गरी राखिएको अवस्थामा गत साउन ४ गते चोरी भएको थियो । उक्त मोटरसाईकल सोमबार कौशिलानगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबै जनाले चलाईराखेको अवस्थामा फेला पारेको कोहलपुर प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरी र गिरीको कोहलपुरमा भएका अन्य मोटरसाईकल चोरीका घटनामा समेत संग्लनता हुन सक्ने भएकोले अनुन्धान भइरहेको डिएसपी खनालले बताए ।









प्रतिक्रिया दिनुहोस्