बाँकेको नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरमा खानेपानी व्यवस्थापनको लागि एक लाख रुपैयाँ सहयोग गरिएको छ । साईकल अभियान्ता तथा युवा नेता सतिश निरौलाले मन्दिरलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।
सन् २०२१ को कोराअन्तर्गत एक सय किलोमिटर साईकल चलाउने क्रममा उनले एक किलोमिटर साईकल चलाएको एक हजार स्पोन्सर गर्न आह्वान गरेका थिए । यो अभियानमा कसैले एक किलोमिटर त कसैले दश किलोमिटरको रकम दिएका थिए ।
सोमबार ५८ जनाबाट संकलन भएको एक लाख रकम निरौलाले नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगर मार्फत मन्दिरका मूल महन्त योगानन्द गिरीलाई हस्तान्तरण गरिएको थियो ।
पछिल्लो समयमा चर्चामा आएको नैरनापुर गाउँपालिका–६ मा रहेको सन्तानेश्वर मन्दिरमा खानेपानीको अभाव रहेको छ ।
करिब एक किलोमिटर तल झरेर पानी लैजानुपर्ने मन्दिरका मूल महन्त गिरीले बताए । खानेपानीका लागि ठूलो समस्या देखेपछि आफूले कोराका बेलामा सहयोग अभियान थालेर सहयोग जुटाएको निरौलाले जानकारी दिए ।
कोराअन्तर्गत निरौलाले नेपालगन्जका मठमन्दिरको परिक्रमासँगै कोहलपुर, बर्दियाको बाँसगढीको केदारेश्वर धाम, सतखलवा, जब्दीघाट, गुलरियाको परिक्रमा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्