23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

सकियो साईकल दौडको तेस्रो संस्करण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ४, २०७८  

नेपालगन्ज ।

मेयरकप नेपालगन्ज साईकल दौड प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न भएको छ । संविधान दिवसको अवसर आयोजित प्रतियोगिता आइतबार हजरत सामुदायिक वन झोरा ट्रेलमा सम्पन्न भएको हो ।

साईकल दौडमा सहभागी एमटिबि इलाइट महिला–पुरुष, एमटिभी मास्टर पुरुष र साधारण साइकल महिला–पुरुष गरी ५ क्याटोगरीमा प्रतियोगिता भएको नेपालगन्ज साइक्लिङ्ग क्लबका सदस्य सतिश निरौलाले जानकारी दिए ।

उनका अनुसार एमटिबी मास्टरमा ४५ वर्ष माथिका पुरुषहरु सहभागी रहेका थिए । जसमा कृष्ण विक प्रथम, प्रदीप सापकोटा दोस्रो र राजु श्रेष्ठ तेस्रो भएको आयोजकले जनाएको छ । साधारण साइकल महिलातर्फ अनिता सत्याल प्रथम, कल्पना सार्की दोस्रो र सरिता थारु तेस्रो भएका थिए । एमटिबी इलाइट पुरुषतर्फ जङ्गु थारु प्रथम, बाबुराम बिश्वकर्मा दोस्रो र सन्जय कुमार कुर्मी तेस्रो भएको बताइएको छ ।

यस्तै महिलातर्फ रितु शाह प्रथम, साया थापा दोस्रो र रुपा थारुले तृतीय स्थान प्राप्त गरेको थिए । नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको आयोजनामा मेयरकप नेपालगन्ज साइकल दौड प्रतियोगिताको तेस्रो संस्करण भएको थियो ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उले साइकलका प्रतियोगिता र गतिविधिले नेपालगन्ज शहर चिनाउन मद्धत पुग्ने बताए ।

‘साइकलका प्रतियोगिता र गतिविधिले नेपालगन्ज शहर चिनाउन मद्धत पुग्नेछ’ उनले भने, ‘साइकल स्वास्थ्य, पर्यावरण र पर्यटनका लागी समेत महत्वपूर्ण छ ।’

प्रकाशित मितिः सोमवार, अशोज ४, २०७८     9:53:01 AM  |