कोहलपुर ।
कोहलपुर बाँकेमा रहेका ग्रिन पिसद्वारा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको छ । आइतबार संविधान दिवसको अवसरमा एक औपचारीक कार्यक्रम गरी फोटो, लेखन र निबन्ध विद्यामा नर्सरीदेखि १० कक्षा सम्मका उत्कृष्ट हुने बालबालिकाहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।
यस्तै फोटो प्रतियोगितामा हरशीट श्रेष्ठ प्रथम, प्रिनासा धिताल द्धितीय, विनिषा भूषाल तृतीय, आइसा गुरुङ्ग सान्तोना स्थान प्राप्त गरेका छन् । बालबिालिकाहरुले राधा र कृष्ण जस्तै बनेर फोटो विद्यालयमा बुझाएका थिए ।
सोही फोटोको आधारमा उनीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विष्णु विक्रम शाहीले बताए ।
यस्तै लेखन प्रतियोगीतामा १ कक्षादेखि ८ कक्षासम्म विद्यार्थीहरु रहेका थिए । कक्षा १ बाट स्पन्धन खनाल प्रथम, कुशल भुषाल द्धितीय, तृष्णा राना तृतीय भएका छन् । यसैगरी कक्षा २ र ३ बाट प्रदिप बस्नेत प्रथम, शौरब वली तृतीय, विश्वराज सिंह तृतीय भएका छन् ।
यसैगरी ४ र ५ कक्षाबाट अविष्मा लामिछाने प्रथम, आयूष्मा थापा मगर द्धितीय, प्रशान्त पुन मगर तृतीय भएका छन् भने ७ र ८ कक्षाबाट दिपेश भारती भदरी प्रथम, आशिका राना द्धितीय, इब्राहिम अन्सारी तृतीय भएका छन् ।
यस्तै कक्षा ९ र १० का बालबालिकाहरुलाई निबन्ध प्रतियोगिता गराइएको थियो । निबन्ध प्र्रतियोगितामा (कोभिड—१९) भन्ने शिर्षकमा निबन्ध लेखेका थिए । सोही निबन्ध अनुसार कृतिका पौडेल प्रथम, स्वस्तिका थापा द्धितीय, अंकिता खनाल तृतीय, स्नेहा कुमारी सिंह सान्तोना भएका छन् ।











प्रतिक्रिया दिनुहोस्