जन विश्वास सहकारी संस्थाको साधारण सभा



कोहलपुर ।

बाँकेको कोहलपुर २ सिद्धनगरमा रहेको जन बिश्वास बहुमुखी सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सुरु गरेको छ । शनिबार ‘सहकारीमा सदस्य बनौं, व्यवसायमा हातेमालो गरौं’ भन्ने नारा लिएको सहकारी कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले १९ औं साधारण सभाको उद्घाटन गरेका थिए । साधारण सभा आगामी असोज ८ गतेसम्म चल्नेछ ।

यस्तै नगर प्रमुख रावतले उद्घाटनमा बोल्दै लगानीको वातावरण सिर्जना गरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोेड दिएका थिए । उनका अनुसार महामारीको अवस्थामा सहकारीमा आबद्ध सदस्यहरुको जिवन सञ्चालनको गतिलो माध्यम बनेको छ भने कर्जा प्रवाह गर्ने सहज र सजिलो माध्ययम भएको उनको भनाई थियो ।

यस्तै सहकारी संस्थाका अध्यक्ष होम प्रकाश सुवेदीले सहकारीमार्फत सहकारी बजार सञ्चालन गर्नु बाँकेमा उदारणीय काम भएको बताए । सहकारी संस्थाले सहकारी बजार सञ्चालन गर्ने निकै कठिन यात्रा पार गर्दै आएको थियो उनले भने शेयर सदस्यहरुलाई सहकारी बजारबाट समान किन्दा समानहरु शौलियतमा दिइन्छ ।

लकडाउनको कठिन परिस्थतीमा पनि सहकारी संस्थाका सदस्यहरुलाई आर्थिक संकट नपरोस भन्ने उदेश्यले जारी लकडाउनका बिच पनि स्वास्थ्य सुरक्षाको मापडण्ड अपनाई सेवा प्रवाह गरिरहेको बताए ।No description available.

यस्तै सहकारीका बजार व्यवस्थापक माधव पोख्ररेलले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ७५ हजार ४ सय ५७ रुपैयाको कारोबार गरेको र खुद नाफा २७ लाख ५० हजार १ सय ६ रुपैया रहेको बताए । यस्तै कार्यक्रममा जिल्ला सहकारी संस्थाका प्रेम सुवेदी, कोहलपुर सहकारी संजालका डोलराज अर्याल, संस्थाका सदस्यहरु, समाजसेवी लगायत उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार