बाँसगढीमा किसानका सवालबारे छलफल



बर्दिया ।

बर्दिया बाँसगढीका किसानको सवाल पहिचानका बारेमा कार्यशाला गरिएको छ । राष्ट्रिय कृषक समुह महासंघ नेपाल र जैविक विविधता अनुसन्धान तथा विकासका लागी स्थानिय पहल (ली–बर्ड) आयोजनामा छलफल गरिएको हो ।

कार्यशालामा बाँसगढी क्षेत्रका ३० बढी किसानहरुको सहभागिता रहेको थियो । किसानहरुसँग भएको छलफलबाट विभिन्न २५ वटा सवाल पहिचान गरेको छ ।

पहिचान गरिएका सवालहरुमा किसान परिचयपत्र, कृषि बिमा, साना किसानलाई खेती योग्य जमिन, अनुदान लगायत रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार