27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

मेटमणि चाैधरी बने नेकपा (एस) को लुम्बिनी अध्यक्ष

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १, २०७८  

दाङ ।

नेकपा एकीकृत समाजवादी (एस) लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेटमणि चौधरी चयन भएका छन् । पार्टीले आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले प्रदेश कमिटीको सचिवमा रूपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए । भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ ।

अध्यक्षमा चयन भइसकेपछी प्रतिक्रिया दिँदै चौधरीले निर्वाचनबाट नेकपा (एस) लाई ठुलो दल बनाउने बताए । उनले आवश्यकता अनुसार अन्य दलसँग मिलेर निर्वाचनमा जाने बताउदै अर्को पटकको निर्वाचनमा आफुहरु ठूलो दलको रुपमा अगाडि आउने दाबी गरे । दाङकाे अध्यक्षमा सुरामणी बेलबासे अध्यक्षमा चयन भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज १, २०७८     7:37:42 PM  |