‘गल्ली यही हो’ मा सन्तोष र कञ्चनको रोमान्स (भिडियो)



फिल्म ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको म्युजिक भिडियो गीत ‘गल्ली यहि हो’ सार्वजनिक भएको छ । अजयकुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणीन्द्र राईले एरेन्ज गरेका हुन् ।

भिडियो अभिनयमा अधिकारीलाई मोडल कन्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलकै कोरियोग्राफी रहेको गीतमा राम बाँस्तोलाको छायाँंकन र निशान घिमिरेको सम्पादन छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ३१ गते बिहीबार