कोहलपुर । कोहलपुरमा बसोबास गर्दै आएका भूमिहीन, सुकुम्बासी गन्धर्व समुदायले तीज मनाएका छन् । नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा कोहलपुर २ प्रेमनगरमा बसोबास गर्दै आएको गन्धर्व समुदायले संस्कृति संरक्षणका लागि तीज विशेष कार्यक्रम आयोजना गरेका हुन् ।
गन्धर्व विपन्न अल्पसंख्यक संस्कृति विकास संघको आयोजनामा गन्धर्व समुदायले आफ्नो समुदायको संस्कृति झल्कने बाजागाजा सहित सांस्कृतिक कार्यक्रम गरी तीज मनाइएको थियो ।
संघका अध्यक्ष शुशिल कुमार बैगारले गन्धर्व समुदायको लोपउन्मुख संस्कृतिको संरक्षण गर्नको लागि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताए । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा परम्परागत बाजाका प्रस्तुती सहित संस्कृति झल्कने खालका पुराना गीतका माध्यमबाट तीज विशेष कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।
उनले न्धर्व समुदायको मौलिक संस्कृतिको संरक्षणको लागि स्थानीय सरकारले समेत ध्यान दिन आग्रह गरे । अहिले कोहलपुर नगरपालिकाको सहयोगमा गन्धर्व संग्राहलय निर्माण गरिरहेको छ । यस्तै उक्त अवसरमा बोल्दै गन्धर्व समुदायका अगुवा दलबहादुर गन्धर्वले सरकारले गन्धर्वहरुको संस्कृतिमा ध्यान नदिएको गुनासो गरे । उनले सबै मिलेर सांस्कृतिक पर्वहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्