भ्याट बुझाउन एकहप्ते अल्टिमेटम



कोहलपुर ।

आन्तरिक राजस्व विभागले व्यवसायीहरुलाई भ्याट विवरण बुझाउन एकहप्ते अल्टिमेटम दिएको छ । विभागले एक सूचना जारी गर्दै भदौ ३१ गतेभित्र भ्याट विवरण अनिवार्य सिष्टममा अपलोड गर्न निर्देशन दिएको हो ।

मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताले साउन महिनाको कर विवरण २५ भदौसम्म बुझाइसक्नुपर्छ । विद्यतुीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका करदाता र विभागले तोकेका करदाता मध्ये अधिकांश करदाताले विभिन्न प्राविधिक कठिनाईका कारण साउन महिनाको बिक्री र खरिद् खाता विद्युतीय माध्यमबाट अपलोड गर्न समस्या भइरहेको र मूल्य अभिवृद्धि कर विवरण पेश नभएको गुनासो गरेको उल्लेख गरिएको छ ।

यस्तै, भाद्र २५ गतेभित्र कर विवरण पेस नगरेमा जरिवाना लाग्ने हुँदा भाद्र २४ र २५ गतेको लागि उक्त खाता अपलोड नगरे पनि विद्युतीय माध्यमबाट मूल्य अभिवृद्धि करको विवरण पेश गर्ने व्यवस्था गरिएको हुँदा समयभित्र बुझाउन अनुरोध गरिएको होे ।

यसैगरी विभागको वेभसाइटमा राखिएको ढाँचाका खाताहरु डाउनलोड गरी खाता अपलोड नगर्ने करदाताहरुले साउन महिनाको बिक्रि तथा खरिद कारोबारको विवरण भाद्र ३१ गतेसम्म अनिवार्यरुपमा विद्युतीय माध्यमबाट अपलोड गर्न भनिएको छ । सो अवधिसम्म नबुझाएपछि भने कानुन अनुसार जरिवाना लाग्ने विभागले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २५ गते शुक्रबार