कोहलपुर,
कोहलपुर नगरपालिका वडा नं. १० मा रहस्य घटना घटेको छ । बिहिबार विहान राती ४ बजेतिर ३ घरका ४ जनाको शरिरका विभिन्न भागमा हानी घाइते बनाएको छ भने १ जनाको भने गम्भिर घाइते बनाएको कोहलपुर इलाका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय प्रमुख रविन्द्र खनालले घटना संलग्न मानिस छुटै काममा गएको र त्यो काम हुन नसकेपछि यस्तो गरेको आशंका गरिएको छ भने अर्को तिर त्यसमा मानसिकता कमजोर भएकोले यस्तो घटना घटेको हुने उनको आशंका रहेको मिसन टुडेलाई जानकारी
दिए । 
डिएसपी खनालका अनुसार कोहलपुर १० मन्डारपुर बस्ने गम्भिर धाइतेहुनेमा ललिता चन्द रहेको र धनसरा सुनार, धर्मवती बस्नेत र आरुषी चन्द घाइते भएको जानकारी दिए ।
अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ललिता चन्द, दिपक चन्द र आरुषी चन्द उपचार भैरहेको बताए । अन्य थप अनुसन्धान भैरहेको डिएसपी खनालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्