लागू औषध मुद्दामा फरार पक्राउ



कोहलपुर ।

दाङबाट प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागू औषध मुद्दामा कैद सजाय तोकिएका एक जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर उप–महानगरपालीका वडा नम्बर, ८ दुधेनाका ४२ वर्षीय छबि कुमार के.सी रहेका छन् । उनीलाई सर्वोच्च अदालतले २०७४ मंसिर १९ गते लागू औषध मुद्दामा ३ वर्ष ९ महिना ३ दिन कैद सजाय फैसला सुनाएको थियो ।

फरार रहेका केसीलाई खोजतलास गर्दै जाँदा आइतवार तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका केसीलाई आवश्यक कारबाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार