रुपैडिहामा चरेशसहित एक नेपाली पक्राउ



कोहलपुर ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट लागू पदार्थ चरेशसहित एक नेपाली पक्राउ परेका छन् । नेपालबाट चरेश लिएर रुपैडिहा पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दियाका ४२ वर्षीय रसोज कुमार श्रेष्ठ रहेको रुपैडिहामा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ ।

श्रेष्ठको साथबाट एक किलो ९ सय ग्राम लागू पदार्थ चरेश बरामद भएको थियो । एसएसबी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन र रुपैडिहा थानाका प्रमुख अभय सिंहको टोलिले उनलाई रुपैडिहाबाट पक्राउ गरेको बताइएको छ । भारतीय प्रहरीका अनुसार श्रेष्ठको साथबाट बरामद भएको चरेशको मूल्य करिब ६० लाख बढी रहेको छ ।

पक्राउ परेका श्रेष्ठले नेपालबाट भारतमा लागू पदार्थ चरेश तस्करीको प्रयास गरेको आरोप भारतीय प्रहरीले लगाएको छ । खासगरी सीमावर्ती भारतीय बजार रुपैडिहामा बेला बेलामा लागू औषध चरेश र अफिससहित पक्राउ पर्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार