कोहलपुरमा यामाहा मोटरसाइकलको तीज कार्यक्रम



कोहलपुर ।

यामाहा मोटरसाइकलको कोहलपुरका लागि आधिकारीक बिक्रेता श्रेष्ठ ट्रेड हबमा आइतवार तीज कार्यक्रम गरिएको छ । यामाहा मोटरसाइकलले महिला सेवाग्राही र स्टाफहरुलाई लक्षित गरेर तीज बिशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले तीजको अवसरमा कम्पनीले गरेको यो कार्यलाई अन्य कम्पनीहरुले समेत सिको गर्नुपर्ने बताएका थिए ।

श्रेष्ठ ट्रेड हबका सञ्चालक प्रशन्न श्रेष्ठले आउँदै गरेको हिन्दु महिलाहरुको महान् पर्व तीज पर्वको अवसर पारेर कार्यक्रम गरिएको जानकारी दिए ।

No description available.No description available.

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २० गते आइतबार