मध्यपश्चिम जनसेवाको अध्यक्षमा पुनः खनाल



कोहलपुर ।

मध्यपश्चिम जनसेवा यातायात प्रालिको अध्यक्षमा पुनः विश्वराज खनाल चयन भएका छन् । प्रालिको चाथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले खनाललाई अध्यक्षमा चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गिरिधारी शर्मा, उपाध्यक्षमा यामबहादुर सुनार, माहा सचिवमा दिपेनद्र श्रेष्ठ, सचिबमा पुर्ण बहादुर पुन,राकेश बुढाथोकी र कोषाध्यक्षमाकृष्ण प्रसाद पोखरेल र सह कोषाध्यक्षमा विष्णु बहादुर चलाउने चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा बचका थारु, जय बहादुर बस्नेत, डम्बर गिरी, दुर्गा बहादुर खड्का र योगेन्द्र पौडेल चयन भएको मध्यपश्चिम जनसेवा यातायात प्रालिको अध्यक्षमा बिश्वराज खनालले जानकारी दिए । दास्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष खनालले आफु अझै यातायात व्यवसायी र संस्थाको हितका लागि काम गर्ने बताए ।

मध्यपश्चिम जनसेवा यातायात प्रालिबाट अहिले अटो सहित ६ ओटा डिलक्स संचालन भैरहेको बताए । यस प्रालिको सेवा लाई अझै बिस्तृत गर्दै एसि यियर सस्पेन्सन बस थप गर्ने योजनामा रहेको बताए । असोज पहिलो हप्ता सम्म ४ ओटा नयाँ एसि यियर सस्पेन्सन बस संचालनमा ल्याउने उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २० गते आइतबार