कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ स्थित अत्याधुनिक सेवा सुविधा सहित भेरी कर्णाली पोलिक्लिनिक सञ्चालन भएको छ । बुधबार कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरी र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले संयूक्त रुपमा सो पोलिक्लिन उद्घाटन गरेका थिए ।
यस्तै उद्घाटनको क्रममा बोल्दै कोहलपुर नगर उपप्रमुख चौधरीले कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशबासीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएकी थिइन् । यस्तै भेरी कर्णाली पोलिक्लिनिक शेयर सदस्य रत्न चन्दले १ करोड १५ लाखको लगानीमा पोलिक्लिनिक सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बासीन्दाहरुलाई प्रभावकारी सेवा प्रवाह गर्ने उदेश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याइएको बताए ।
के के छन् सेवा सुविधा ?
कोहलपुर नगरपालिकामा पोलिक्लिनिकमा वरिष्ठ फिजिसियन विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, हाड, जोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ सेवा, सर्जरी सम्बन्धि (घाउँ, पिलो, गाँठा, गुठी, स्तन) बिशेषज्ञ सेवा रहेका छन् ।
यस्तै नाक, कान तथा घाँटी रोग सम्बन्धि बिशेषज्ञ सेवा, मानसिक रोग बिशेषज्ञ सेवा, ल्याब सम्बन्धि (रगत, दिसा, पिसाव, विर्य तथा हर्माेन) जाँच सेवा, भिडियो एक्सरे सम्बन्धि बिशेषज्ञ सेवा, डिजिटल एक्सरे, इ.सि.जि., इन्डोस्कोपी सेवा र २४ सै घण्टा निःशुल्क परामर्श तथा स्वास्थ्य जाँच सेवा रहेका छन् ।
यसैगरी पोलिक्लिनिकबाट ख्यातिप्राप्त चिकित्सकहरु डा. शिशिर रेग्मी, डा. राजेश के.सी., डा. रामदास, डा.शुशिल योगी, डा. नबिन पौडेल, डा. अमृत झाँ, डा. देबेन्द्र आचार्य, डा. अनुप कार्की सेवा प्रदान गर्नेछन् साथै पोलिक्लिनिकका शेयर सदस्यहरुमा रत्न चन्द, देबेन्द्र आचार्य, धर्मराज उपाध्याय, प्रेम प्रसाद पाण्डे, प्रकाश राना र गंगा पौडेल रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्