बाँकेमा १८ हजार नाघे संक्रमित



कोहलपुर,

बाँके जिल्लामा कुल कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ । बुधबार जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जना थपिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको हो । जिल्लाका तीनवटा प्रयोगशालामा ११२ नमुना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको थियो ।

भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ८ जना छन् । बाँकेको खजुरा, बैजनाथ र कोहलपुरका २–२ जना र नेपालगञ्ज र नरैनापुरका १–१ जना रहेको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या बाँकेमा अव १८ हजार २३ पुगेको उनको भनाइ छ । यसैगरी बुधवार थप १९ जना डिस्चार्ज भएको उनले बताए । यस्तै जिल्लामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८६ पुगेको छ । अहिले बाँके जिल्लामा सक्रिय संक्रमित १ सय ३१ जना छन् ।

यस्तै सिकिस्त बिरामीको संख्या १८ रहेको छ । े ४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३१ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ । बाँकेमा दैनिक कोरोना संक्रमित बढिरहेका छन् । अहिले सम्म ९२ हजार नागरिकले खोप प्राप्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १७ गते बिहीबार