नेपालमा थपिए १,६६४ संक्रमित, देशभर थप १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त



नेपालगञ्ज ।

देशभर पछिल्लो २४ घण्टामा मंगलवार थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ७८६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना जितेर ७ लाख १६ हजार ३०६ जना घर फर्किएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारकै क्रममा देशभर थप २० जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोरोना संक्रमणका कारण देशभर १० हजार ७५० जनाले ज्यान गुमाइसकेका छन् ।

मंगलवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । यो अवधिमा १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार मंगलवारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेको थियो ।

जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका थिए भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् थिए । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१३, झापामा १३६, कास्कीमा १२६, सुनसरीमा ९५, ललितपुरमा ८७ र चितवनमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै मोरङमा ७८, भक्तपुरमा ६४, काभ्रेपलाञ्चोकमा ५३, मकवानपुरमा ४०, पर्वतमा ३७, गोर्खामा ३५ र रुपन्देहीमा ३१ जनामा कोरोना संक्रमण देखिएको हो । सिन्धुपाल्चोकमा २७, सुर्खेतमा २२, नवलपरासी पुर्व र बागलुङमा १८÷१८ जना, जुम्लामा १४ , कैलालीमा १३ र इलाममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार