बर्दिया ।
भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ । बर्दियामा भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका विभिन्न युनिटबाट खटिएका टोलीले अवैध सामानहरु नियन्त्रणमा लिएका हुन् ।
सीमा सुरक्षाका लागि मातहतमा रहेका विभिन्न युनिटबाट खटिएका सशस्त्र प्रहरीले भारतबाट भन्सार चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरु बरामद गरेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाले जनाएको छ । गणले दिएको जानकारी अनुसार भारतबाट भन्सार छलेर नेपालमा भित्र्याउँदै गर्दा बरामद गरेको सामानको मूल्य १ लाख ४१ हजार ७६० रहेको छ ।
सीमा क्षेत्रमा रहेका विभिन्न युनिटबाट खटिएका सशस्त्र प्रहरीका टोलीले चिनी, भेली, सिसा कचौरा, गिलास र सालको गोलिया नियन्त्रणमा लिएका थिए । अवैध रुपमा भारतबाट नेपालमा प्रवेश गरेको एक वटा भारतीय नम्ब।र प्लेटको मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाले जनाएको छ । गस्ती गएको सशस्त्र प्रहरीलाई देखेपछि सामानहरु छोडेर तस्करहरु भारततर्फ नै भागेका थिए । मोटरसाइकलसहित बरामद गरिएका सामानहरु सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाएको छ ।









प्रतिक्रिया दिनुहोस्