मधुर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकामा शुक्रबारबाट शुरु भएको खुल्ला फुटबल प्रतियोगिता जारी छ । प्रतियोगिताको शुरु भएको चोथौ दिन सम्म पनि जारी छ । प्रतियोगिताको पहिलो दिन दुई खेल भएका थिए । दोस्रो दिन पनि दुई खेल भए । चौथो दिन मैनापोखर र जगतिया बीच प्रतिष्पर्धा भएको थियो । उक्त खेलको पेनाल्टी सुटआउट मार्फत निर्धारण गरिएको थियो ।
उक्त खेल जगतियाले जितेको छ । यस्तै दोस्रो प्रतिष्पर्धा आयोजक वसन्त युवा क्लब टिम र सघापुर युवा क्लब बीच भएको थियो । उक्त खेलमा सघापुरलाई आयोजक वसन्त युवा क्लबले १–० गोल अन्तरले विजयी भएको बसन्तपुर युवा क्लबका अध्यक्ष प्रदिप चापागाईले जानकारी दिए ।
प्रतियोगिताको पाचौ दिन आज खेल भैसाई र थुम्नी, दोस्रो खेल कोत्तेश्वर र तदुवा युवा क्लब र तेस्रो खेल गोरीपारा र आयोजक बसन्त युवा क्लबबीच हुने उनको भनाइ छ । प्रतियोगितामा ३२ टिम सहभागी छन् । प्रतियोगितामा पहिलो चरणका खेल भइरहेका छन् । प्रतियोगिता बसन्त युवा क्लबको आयोजना र बाँसगढी नगरपालिकाको संरक्षकत्वमा शुरु भएको हो ।









प्रतिक्रिया दिनुहोस्