‘कटान र डुवानबाट मानवीय क्षति हुन दिदैनौँ’



प्रज्ञा अर्याल, कोहलपुर

बाँकेको कोहलपु नगरपालिका वडा नम्बर २ डुवान र कटानका दृष्टिले जोखिमयुक्त वडाका रुपमा रहेको छ ।पछिल्लो समय निरन्तर वर्षा भइरहेका कारण यहाँका विभिन्न टोलमा डुवानको जोखिम रहेको छ ।

अहिले वडा नम्बर २ मा रहेका खोला तथा नाला र खेतबारीहरुमा पानीको सतहको बढिरहेको छ । पानी निकासीको उचित व्यवस्थान हुन नसक्दा वडा नम्बर २ मा वर्षेनि डुवान हुने गरेको छ । वडा नम्बर २ का वडा अध्यक्ष कर्ण सिंह बुढा क्षेत्रीले कटान र डुवानको दृष्टिकोणले वडा नम्बर २ उच्च जोखिमा रहेको बताएका छन् ।

जोखिम न्युनिकरणका लागि वडाले पूर्वतयारी गरिरहेको उनले बताएका छन् । उनका अनुसार उत्तरतर्फ रत्न राजमार्ग र दक्षिणतर्फ पुर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको अध्यक्ष बुढाक्षेत्रीको भनाइ छ । उनका अनुसार वडा नम्बर २ अन्तर्गत प्रेम नगर, शक्ति नगर, मुक्ति नगर, विकास नगर,आनन्द नगर, बर्दहवा,पुष्प नगर र सिद्ध नगर लगायतको मुख्य मुख्य भागहरुको आधा बस्तीमा डुवानको समस्या रहेको छ ।

अहिले निरन्तर वर्षाका भइरहेका कारण स्थानीयले समेत व्यवस्थापनको लागि वडा कार्यालयमा निवेदन दिएका छन् । तर आफूले समाधानका लागि आफूले पनि नगरपालिकाबाट पनि पहलकदमी सुरु गरेको उनले बताएका छन् । कोहलपुर नगरपालिकाको बजेटले मात्र ढल निकास गर्न सम्भब नभएकाले राष्ट्रिय स्तको बजेट माग गरेको उनको भनाइ थियो । वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय विपद् व्यवस्थापन समिति हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १५ गते मंगलबार