कोहलपुर ।
बाँकेको कोहलपुरमा युवाका दुई समूहबीच खुकुरी हानाहान भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो १२ बजेतिर दुई समूहबीच खुकुरी हानाहान भएको हो ।
खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइते हुनेमा प्रदिप राना रहेको बताइएको छ । खुकुरी प्रहारबाट उनको शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
गम्भीर घाइते रानाको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट अर्का एकजना समेत सामान्य घाइते भएको बताइएको छ ।
अहिले खुकरी प्रहरी गर्नेहरुको समूह फरार भइसकेको छ । घटनास्थलमा पुगेको कोहलपुर प्रहरीले घटनास्थलबाट एक थान खुकुरीको छाप समेत बरामद गरेको छ । अहिले कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ भदौ १३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्