कोहलपुर, समाज सेवा संस्था नेपाल कोहलपुरले एक जना क्यान्सर पीडितलाई बचाउन अभियान शुरु गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक क्यान्सर पीडितको उपचारको लागि अभियान शुरु गर्ने निर्णय गरिएको अध्यक्ष विनोद थापाले जानकारी दिए । उनका अनुसार ५७ वर्षीय मोतिलाल परियारलाई घाँटीमा क्यान्सर भएको उनको उपचारको लागि समस्या भएको छ । परियारको उपचारका लागि अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ । क्यान्सर पीडित परिवारका छोरा पत्रकार कविन्द्र परियार समाज सेवा संस्थाका केन्द्रीय कार्य समिति सदस्य समेत हुन् ।
विगतमा समेत यस्तै सामाजिक कार्य गर्दै आएको संस्थाले क्यान्सर पीडितलाई बचाउनको लागि आर्थिक संकलन अभियान थाल्ने भएको हो । संस्थाले यसअघि पनि पाठेघर क्यान्सर, मुटुमा घाउ भएका लगायतका महिलाहरुको उपचारको लागि आर्थिक संकलन अभियान शुरु गरिहेको उनको भनाइ छ । ‘ हाम्रो संस्थाका सदस्य तथा पत्रकार कविन्द्र परियारका बुबाको उपचारकाके लागि अभियान गर्ने निर्णय भएको छ ।
उहाँको उपचारको लागि सबैलाई सहयोग गर्न अपिल गर्दछु ।तपाईहरुको सानो सहयोगले ठूलो सहयोग पुग्नेछ ।’ उनले भने । परियारको अहिले खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारको लागि आठ लाख रुपैयाँ लाग्ने पारिवारिक स्रोतले जनाएको छ । अध्यक्ष थापाले शनिबार बसेको बैठकले भदौ १९ गते तीजको दर खाने र मातिलाल परियार बचाउ अभियानको औपचारिक शुरुवात गर्ने निर्णय भएको जानकारी दिएका छन् । सोही दिन मानव बेचबिखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत हुनेछ ।









प्रतिक्रिया दिनुहोस्