19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १२, २०७८  

नेपालगञ्ज ।

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । गाउँपालिकाका अध्यक्ष यादवको शुक्रबार राति उपचारको क्रममा निधन भएको हो ।

गाउँपालिकाका राजनीतिक सल्लाहकार किशोर थापाका अनुसार रक्तचाप कम भएपछि शुक्रबार बेलुका ६ बजे अस्पताल लगिएको थियो ।

राति एक बजे उनको निधन भएको हो । अध्यक्ष यादवको शव शनिबार बिहानै घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेका तर्फबाट चुनाव जितेका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ १२, २०७८     9:58:46 AM  |