मधुर पौडेल, बाँसगढी
बर्दिया बाँसगढी नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नगरपालिका अन्तर्गत रहेका मोतिपुर, बेलवा र डेउढाकला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । तीन महिने आकस्मिक कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत राहत तथा स्वास्थ सामग्री वितरण कार्यक्रम बाँसगढी को सामुदायिक पुस्ताकलयमा सम्पन्न भएको हो ।
३ महिनाको कार्यक्रम अन्तर्गत रिड नेपाल र एएसवि जर्मनीको आर्थिक सहयोगमा बाँसगढी नगरपालिकामा रहेको कोभिड अस्पताल र स्वास्थ्य चौकीमा बासँगढी सामुदायिक पुस्तकालयले स्वास्थ्य सामग्री सहयोग गरेको हो । एक कार्यक्रमको बीच बासँगढी नगरपालिकाकाका नगरप्रमुख शालिकराम अधिकारी, नगर स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, कोभिड अस्पतालका स्वास्थ्य चौकीको इन्चार्जको उपस्थितिमा बासँगढी सामुदायिक पुस्तकालयले करिव ३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
कोभिड अस्पताललाई स्यानिटाईजर १०० वटा, डिजिटल थर्मामिटर एउटा,पन्जा २ बक्स, पिपिई सेट २० थान, अक्सिमिटर ४ थान सहयोग गरिएको छ । यस्तै थर्मलगन एक थान, नेबुलाईजर २ थान, के एन ९५ माक्स ५थान, सर्जिकल माक्स् २५ बक्स्, अक्सिजन सिलिण्डर ४थान ग्यास् चुलो ,ट्यांकी १ सेट, ह्विलचेयर एक थान, वासिङ मेसिन एक थान सहयोग गरिएको हो ।
स्प्रे ट्यांकी एक थान, सावुन ४० वटा, पिपीसेट २० थान, निलो तन्ना १५थान, ईलेक्ट्रिक जग एक थान, आल्मुनियम किट्ली एक थान, थर्मस् ३ थान, बाटा १५ थान, जग १५ थान, डस्वीन स्टेन सहीत २५ थान र ह्याण्डवास् स्टेसन एक थान सामग्री कोभिड अस्पतालका डा.आषिक शाहलाई हस्तान्तरण गरिएको थियो ।
३ वटा स्वास्थ चौकीलाई स्यानिटाईजर ५ लिटर , थर्मामिटर एउटा, पन्जा २ बक्स, पिपिई सेट २ वटा, पल्स अक्सिमिटर २ थान, थर्मलगन एक थान, के एन ९५ माक्स १० थान, सर्जिकल माक्स् ५ बक्स्, फेसिल्ड ४ वटा सामान दर ले सामान सहयोग गरिएको हो । ७० घरपरिवारलाई २ लाख ७३ हजारको स्वास्थ्य तथा खाद्यन्न सामाग्री रहात बितरण गरेको थियो। यस्तै २०७८/०५/०५ गते किशोरीहरुलाई स्वास्थ सामग्री वितरण गरेको थियो साबुन २ वटा रुमाल १ वटा ,सेनेटरी प्याड ४ प्याकेज ,वाईपस बितरण गरेको सामुदायिक पुस्ताकलायकी कार्यबाहक अध्यक्ष अम्बिका चापागाईले बताइन् ।
प्रतिक्रिया दिनुहोस्