शिवु खनाल, दाङ, ८ भदौ
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले नेकपा एमालेसँग एकता नहुने बताएका छन् । उनले केपी शर्मा ओली दक्षिणपन्थी बनेको भन्दै उनीसँग एकता सम्भव नभएको बताएका हुन् । ओलीको विकल्पमा नयाँ पार्टी स्थापना गरिएको भन्दै पार्टीको भविष्य उज्वल रहेको समेत बताए । उनका अनुसार नेपालमा बृहत कम्युनिष्ट घटकहरुको एकताको विकल्प नभएको समेत
बताएका छन् ।
उनले एउटा दलले मात्रै लामो समय सत्ता सञ्चालन गर्न नसकेको इतिहास नभएको भन्दै अबको निर्वाचनमा विचार मिल्ने पार्टीसँग कार्यगत एकता गरेर जाने गरी सम्झौता भएको समेत बताउनुभयो । ‘हामीले सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने, यदि त्यो भएन भनेपनि चुनाबी गठबन्धन गर्ने गरि सहमति भएको छ ।’ उनले भने ।
फरक प्रसंगमा प्रतिनिधि सभा सदस्या समेत रहेका चौधरीले लुम्बिनी प्रदेशको राजधानी ल्याउन शंकर पोखरेलको मात्रै भूमिका नभई प्रदेशको बीच भागमा पर्ने भएकाले भालुवाङ तोकिएको समेत बताए । शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको उनको भनाइ थियो ।
साथै अहिले शंकर पोखरेलले देउखुरी क्षेत्रमा चुनाब लड्ने चर्चा रहेको भन्दै यदि देउखुरीमा चुनाब लड्न आए सम्पूर्ण खर्च व्यहोर्ने भनी व्यंग्य पनि गरे । उनले भने,‘यदि शंकर पोखरेल देउखुरी चुनाव लड्न आए भने म चुनावमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्छु । यो क्षेत्रमा आए भने उनि एक हजार पनि भोट कटाउन सक्दैनन् ।’उक्त अवसरमा उनले आफू सरकारमा जाने समेत संकेत गरेका थिए ।
उनले आफू सरकारमा सहभागी भएर मन्त्री बनेको खण्डमा सुुकुम्बासीको समस्या समाधानका लागि काम गर्ने बताएका हुन् ।
चौधरीले भूमिहीनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको र १० बर्ष अघिदेखि यो कार्य जारी रहेको भन्दै भूमिहीनहरुले जग्गा पाउने कुरामा ढुक्क हुन समेत आग्रह गरे । ‘विद्येयेक बनेको छ, कानुन बनेका छन्’,उनले भने,‘ अब भूमि आयोग पुर्नगठनको काम भएको छ, जसरी पनि भूमिहिनलाई हामी जग्गा दिन्छौं ।’









प्रतिक्रिया दिनुहोस्