‘सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन’



कोहलपुर ।

नेकपा एमाले लुम्बिनी प्रदेशले सांसद अजय शाही र विमलाकुमारी खत्री (वली)लाई कारबाही गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आए
पनि प्रदेशसभा सचिवालयले उनीहरुमाथि कारबाही गर्न नमिल्ने बताएको छ । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।

सचिवालयले एमालेको पत्र अनुसार उनीहरुमाथि कारबाही गर्न मिल्ने आधार नदेखिएको बताएको छ । एमालेलाई पत्र पठाउँदै सचिवालयले शाही र वलीमाथि कारबाही गर्न नमिल्ने बताएको हो ।

एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरे पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ । प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ७ गते सोमबार