कोहलपुर, स्वथ्य जीवनका लागि योग अत्यावश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । मानसिक र शारिरीक रुपमा स्वस्थ रहनको लागि पनि योग अत्यावश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका हुन् । बाँकेको कोहलपुरमा सम्पन्न अनलाइन योग शिविरको एक वर्ष पुरा भएको अवसरमा सम्पन्न कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो बताएका थिए ।
उक्त अनलाइन योग शिविरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत टोपेन्द्र केसीले हरेक नागरिकले दैनिक योग गर्नुपर्नेमा जोड दिए ।उनका अनुसार कोभिड–१९ जस्तो महामारीको समयमा पनि अनलाइन मार्फत योग शिविर सञ्चालन हुनु सकारात्मक कुरा हो । ‘मानव स्वास्थ्यका लागि योग आवश्यक छ ।हामीले आफू स्वस्थ रहन पनि योग गरिरहनुपर्छ । यो हाम्रो स्वास्थ्यका लागि समेत आवश्यक हो ।स्वस्थ रहनको लागि योग गरौँ ।’ उक्त अवसरमा बोल्दै उनले भने ।
उक्त कार्यक्रमका विशेष अतिथि समेत रहेका पतञ्जली योग समिति बाँकेका अध्यक्ष हरपाल सिंहले स्वस्थ जीवन जिउने उद्देश्यले जिल्लामा यस्ता शिविर सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार बाँके जिल्लाका हरेक व्यक्तिलाई स्वस्थ बनाउने उद्देश्य अनुसार शिविर, भेला अन्तरक्रिया लगायतका गतिविधि सञ्चालन भइरहेका छन् । उक्त अनलाइन शिविरमा इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दिपेन्द्र रावल, पतञ्जली योग समितिका केन्द्रीय सदस्य नरकान्त जोशी लगायतका अतिथि समेत सहभागी थिए ।
पतञ्जली योग समिति कोहलपुर नगर कमिटीको आयोजनामा शुरु गरिएको अनलाइन योग शिविरको एक वर्ष पुरा भएको अनलाइन शिविरका कार्यक्रम सञ्चालक गौरी शंकर मण्डलले जानकारी दिए । उनका अनुसार नेपालमा कोरोना संक्रमणका बाबजुत २०७७ भाद्र ३ गतेबाट शुरु भएको अनलाइन शिविरको एक वर्ष पुरा गरेको हो । शिविरको एक वर्ष पुरा भएको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । उक्त सत्र दुई चरणमा आयोजना गरिएको थियो ।
पहिलो चरणमा अनलाइन शिविरमा विशेष योग शिविर र दोस्रो चरणमा औपचारिक कार्यक्रम आयोजना गरिएको हो । पहिलो चरणको सत्रमा युवा नेपाल समितिका संयोजक योग गुरु÷प्रमुख प्रशिक्षक लोकनाथ खनालले विशेष परिक्षण गरेका थिए । मण्डलले शिविरमा दैनिक सय जना भन्दा बढी नागरिकको सहभागिता रहने गरेको जानकारी दिए । पतञ्जली योग समितिका नगर कमिटीका संयोजक समेत मण्डलले अहिले पनि अनलाइन मार्फत योग शिविर निरन्तर जारी रहने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्