कोहलपुर ।
कोहलपुरमा मोटरसाइकल चोरहरुले प्रहरीहरुलाई चूनौती दिन थालेका छन् । श्रृंखलाबद्व रुपमा कोहलपुर क्षेत्रबाट मोटरसाइकल चोरी हुने क्रम अझै रोकिएको छैन । मंगलबार फेरी मंगलबार विहान ५ बजेपछिको समयमा प्रहरी कार्यालयलयको २५ मिटरमा रहेको हाम्रो होटल बाहिर पार्किङ्ग गरिराखेको भे ६ प ३६८८ नम्बरको एमाहाको एब्जेट चोरी भएको छ ।
केही दिन अघिमात्रै यही श्रावण २७ गते इलाका प्रहरी कार्यालय कोहलपुरको प्रवेशद्वार बाहिर पार्किङ्ग गरिराखेको भे १० प ३५३६ नम्बरको १५० सीसी रातो÷कालो पल्सर मोटरसाइकल पनि चोरी भएको थियो । यो सहित कोहलपुर क्षेत्रमा वितेको ६ महिना यता मोटरसाइकल÷स्कटुर चोरी भएको संख्या ३६ पुगेको छ । प्रहरीको सुरक्षा आधार क्षेत्रबाट २ वटा मोटरसाइकल चोरी भइसकेपछि प्रहरीलाई पनि चुनौती थपिएको
छ ।
आफ्नो सुरक्षा आधार क्षेत्रबाट सवारी चोरी हुनुभएको प्रहरीको सुरक्षा अवस्थालाई लिएर पनि चर्चा भइरहेको छ । यो सँगै इलाका प्रहरी कार्यालयको सुरक्षा आधार क्षेत्रबाट चोरी भएको मोटरसाइकलको संख्या २ पुगेको छ । यबाट जसरी पनि प्रहरीले यस विषय सफलता पाउनैपर्नेमा चौतर्फी दवाव पनि सिर्जना भएको छ । मोटरसाइकल चोरी गर्ने गिरोहरुको विषयमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालसँग कुरा गर्दा मंगलवार पुनः अर्को सवारी चोरी भएको पुष्टि गरेका छन् ।
नगर क्षेत्रमा चोरीका घटनाहरु श्रृंखलाबद्व रुपमा घट्न थालेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको टास्क फोर्स नै गठन गरेर कडा तथा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनाल बताउँछन् । मोटरसाइकल चोरीमा संलग्न गिरोहको पहिचान लगभग भइसकेकाले केही दिनमा नियन्त्रणमा लिने तयारी भइरहेको प्रनाउ खनालले जानकारी दिए । “यस विषयमा प्रहरी संवेदनशील रुपमा आफ्नो अनुसन्धानलाई जारी राखेको छ, नगर क्षेत्रमा हुने, चोरी तथा अपराधिक गतिविधी नियन्त्रणका लागि प्रनानी गोपाल कुमार मल्लको कमाण्डमा ७ जना प्रहरीको टास्क फोर्स गठन गरेर सुक्ष्म अनुसन्धान गरिरहेका छौ, पछिल्लो समयमा २ वटा हराएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको पनि छ ।” प्रनाउ खनालले भने ।
प्रहरीको अनुसन्धानबाट मोटरसाइकल चोरी गर्ने गिरोह वा समूह एक भन्दा बढि रहेको संकेत मिलेको र चोरीमा संलग्न व्यक्ति सिसि क्यामरामा कैद भएको दृश्यका आधारमा पहिचान पनि भएको प्रनाउ खनालको भनाई छ । केही दिन अघि राप्ती सोनारी क्षेत्रबाट चोरी भएको मोटरसाइकल नियन्त्रणमा लिएर आउँदा चोरीमा एक समूह सक्रिय रहेको तर अन्य चोरीका घटनाहरु अध्ययन गर्दा अरु समुह पनि चोरीमा सक्रिय रहेको पाइएको उनको भनाई छ ।
पछिल्लो समयमा एक समूह भने विभिन्न आपराधिक क्रियाकलाप गरेर कैद सजाय भुक्तान गरेका व्यक्ति तथा समूह चोरीमा संलग्न रहेको सुराक प्राप्त भएको अर्को समूह भने कोहलपुर क्षेत्रमा लामो समयदेखि विभिन्न खाले काम गर्दै आएको प्रहरी तथा नगरवासीले कल्पना नै नगरेको व्यक्ति तथा समूह पनि चोरीमा संलग्न रहेको हुन सक्ने प्रनाउ खनाल बताउँछन । चोरीपछि संलग्न केही व्यक्ति तथा समूह बाँके वाहिर रहेकाले तत्काल पक्राउ गर्न प्राविधिक समस्या रहेको प्रहरीको भनाई छ ।
नगर क्षेत्रमा मोटरसाइकल चोरीको घटनाहरुलाई अध्ययन गर्दा चोरले माइकको हेण्डल तोडेर, घर तथा गेट तोडर चोरी नगरेर हेण्डल लक नगरेर पार्किङ्ग गरिराखेको मोटरसाइकल मास्टर कि प्रयोग गरेर चोरी गरेको पाइएको भन्दै प्रनाउ खनालले सवारी धनीलाई जहाँ पायो त्यही सवारी पार्किङ्ग नगरेर सुरक्षित ठाउँमा हेण्डल लक गरेर पार्किङ्ग गर्न अनुरोध गरेका छन् । अझ सकिन्छ भने सिसि क्यामराको निगरानी क्षेत्रमा सवारी पार्किङ्ग गर्न पनि अनुरोध गरेका छन्, यसबाट सवारी चोरी भएपनि अनुसन्धानमा मद्दत पुग्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्