नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली लागू छ । विभिन्न राजनीतिक आन्दोलनको उपलब्धी स्वरुपमा पहिलो पटक तीन तहका सरकार सञ्चालनमा छन् । संघीयताको मर्म अनुसार शक्ति वीकेन्द्रीकरणको सिद्धान्त अनुसार तीन तहका सरकार रहेका छन् । नेपालमा २४० वर्ष लामो समय चलेको राजतन्त्र विस्तापित भएर संघीय शासन लागू भएको हो । देशमा २०६२०६३ मा राजतन्त्र विरुद्ध व्यापक विरोध भएपनि आज भन्दा १५ वर्ष पहिले राजा ज्ञानेन्द्रले राजगद्धी त्यागेका थिए । जुन नेपाली जनताको अभूतपूर्ण जीत थियो । अहिले त नेपालको संंविधान २०७२ मा नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रुपमा उल्लेख गरिएको छ ।
जहाँ आम नेपालीले कुनै पनि धर्म मान्न पाउँछन् । कुनै एक धर्म र व्यक्तिको नेतृत्व तथा एकाधिकार हुँदैन । जनताद्धारा प्रतिनिधि चुनिन्छन् । ती प्रतिनिधिले छानेको व्यक्ति प्रधामन्त्री हुन्छ । हिजो राजाको प्रत्यक्ष शासन गर्दथे । आज जनताका प्रतिनिधिले शासन गर्छन् । अहिलेको नेपालको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । नेपालमा अहिले पनि हिन्दुराष्ट्र सहित राजतन्त्रको विषय बेलाबेला उठ्ने गरेको छ । नागरिकस्तरदेखि राजनीतिक पार्टीसम्म यो विषय बेलाबेलामा बहसका रुपमा उठ्ने गरेको हो ।
यसैपनि हिन्दुराष्ट्र सहित राजतन्त्र र संघीय शासन खारेजीलाई मुल एजेण्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नामक एक राजनीतिक दल छ । कुनै समय देशको शासन सत्तामा पुग्ने निर्णय शक्तिको रुपमा रहेको राप्रपा अहिले साना समूहमा खुम्चिरहेको छ । टुट फुटको सिकार हुँदै आइरहेको राप्रपा अहिले भने अस्तित्व रक्षाको लडाइँ लडिरहेको छ । २०७४ मा भएको तीनै तहको निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन ।प्रतिनिधि सभा उक्त पार्टीको चुनाव चिन्हबाट जितेका एक जना स्वतन्त्र समूहका रुपमा प्रतिनिधित्व गर्छन् । प्रदेश तथा स्थानीय तहमा समेत उसको हालत त्यस्तै छ । तर अहिले विभिन्न राजावादी एकजुट भएका छन् । तर अहिले त्यो पार्टीमा युवा नेतामा नेतृत्व दिने बहस उठिरहेको छ । कार्तिकमा महाधिबेशन तोकिएको छ । त्यसपछि उसको हैसियत के हुने हो त्यो हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्