कोहलपुर, बाँकेका जिल्लाका स्थानीय तहमा अहिले बालविवाह मुक्त गर्ने अभियान नै चलिरहेको छ । जिल्लाका केही स्थानीय तहहरुले वडालाई बालविवाह मुक्त घोषणा मात्रै पालिका घोषणाको तयारी गरिरहेका छन् ।
यसैबीच, आइतबार जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त घोषणाा गरिएको छ । कार्यक्रमका बीच बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले वडा न ५ लाई बालविवाह मुक्त घोषणा गरेका थिए ।
उक्त अवसरमा बोल्दै उनले गाउँपालिकालाई नै बालविवाह मुक्त वडा घोषणाको अभियान अन्तर्गत वडा घोषणाको अभियान सञ्चालन भइरहेको जानकारी दिए । बैजनाथमा आइतबार ५ नम्बर वडालाई बालविवाह मुक्त घोषण गरेसँगै तीन वटा वडा घोषित भएका छन् ।
यसअघि वडा नम्बर १ र ८ बालविवाह मुक्त घोषणा भइसकेको अध्यक्ष रुचालको भनाइ थियो ।
गाउँपािलकाको रणनीतिक योजना अनुसार सबै वडालाई बालविवाह मुक्त बनाउने अभियान सञ्चालन गरिएको अध्यक्षले रुचालले जानकारी दिए । बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले घोषणा गर्दै जाने र कानून विपरित बाल विवाह भएको खण्डमा समाजिक बहिस्कार सहित कानूनी उपचार गर्ने बताए ।
उनका अनुसार बालविवाह दण्डनीय हो । त्यसैले अब वडामा कसैले पनि बालविवाह पाउने छैन । कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले पनि बैजनाथ अब निकट भविश्य मै बालविवाह मुक्त पालिका बन्ने बताएका थिए । उक्त अवसमार कर्मचारी, स्थानीयबासी,राजनितिकदलका प्रतिनिधि, बालबालिकाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्