जुम्ला अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर जुम्ला ताम्ती गाउँका ३ जनाको मृत्यु भएको छ । सेतक चिनी (खिरौला) कोरेर पाटनबाट घर फर्किने क्रममा तातोपानी गाउँपालिका ७ स्थित घट्टेखोलामा आएको बाढीले बगाउँदा आमा छोरा सहित ३ जनाको मृत्यु भएको हो । तातोपानी गाउँपालिका ७ ताम्ती निवासी ६० वर्षिय बिर्खे रावत,३० वर्षीया जैसरी रावत र १० वर्षीय सन्देश रावतको बाढी बगाएर मृत्यु भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
उनका अनुसार साउन २८ गते साझ ६ बजेतिर पाटनबाट फर्किदै गाउँ नजिकैको घट्टेखोलामा आएको ठुलो बाढीले तीनैजनालाई बगाएको हो । खोज्दै जाँदा शनिवार जैसरी रावतको शब २ मिटर,सन्देश रावतको शब ५ सय मिटर र विर्खे रावतको शब ४ सय मिटरको दुरीमा फेला परेको हो । भने प्रहरीले घटनाको मुचुल्का समेत गरिसकेको छ ।
मृत्तक तीनै जना ताम्ती गाउँका एकै टोलका रहेका छन् । जसमा ६० वर्षिय विर्खे रावत (ससुरा) र ३० वर्षीया जैसरी रावत र १० वर्षीय सन्देश रावत आमा छोरा नाता पर्ने भएको अध्यक्ष न्यौपानले जानकारी दिए ।
अध्यक्ष न्यौपानले कार्यविधि अनुसार तत्काल पीडित परिवारलाई १० हजार मात्रै राहत उपलब्ध गराउन सकिने बताए । उनले भने, हामीले राहत कार्यविधि बनाएका छौ । अध्यक्षले तत्काल १० हजार दिन पाउने व्यवस्था छ । थप राहतका लागि कार्यपालिकाको बैठक बस्नु पर्छ । पिडितलाई आबश्यक राहत जुटाउन पहल गर्छु ।’
यता सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले मृत्तक आफन्तलाई जिल्ल विपद व्यवस्थापन समितिले तत्कालै नगद राहत उपलब्ध गराउने बताए । बाढी पहिरोबाट ज्यान गुमाउनेलाई प्रतिव्यक्ति २ लाख र एकै परिवारमा भए १ लाख थप गर्ने कार्यविधि उल्लेख छ ।
सहायक प्रजिअ चौलागाईका अनुसार सन्देश रावत र जैसरी रावत आमा छोरा भएकाले उनीहरुका आफन्तलाई ३ लाख र विर्खे रावतका आफन्तलाई २ लाख गरी ५ लाख राहत २÷३ दिनमै उपलब्ध गराउने बताए । भौगोलिक हिसाबले टाढा भएको र मृत्युकुनै संकास्पद नभएकोले प्रहरी समन्वय गरी शबको पोस्टमार्टम गरिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्