खनालको नेतृत्वमा माओवादी ब्यापारीहरु संगठित



काेहलपुर ।

बाँकेको कोहलपुरमा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कोहलपुरको दोस्रो भेलाले अध्यक्षमा विष्णु प्रसाद खनाललाई चयन गरेको छ । जसको उपाध्यक्षमा शेषकान्त शर्मा, तिलक कार्की, ददिराम सापकोटा र भुपराज भण्डारी रहेका छन् ।

यस्तै महिला उपाध्यक्षमा गिता शाही, महासचिवमा टंक बस्याल, उपमहासचिवमा गोपाल अधिकारी, सचिवमा विणु कुमारी चौधरी, लाल बहादुर विक, रवि कर्माचार्य, आनन्द बाबु काफ्ले, कोषाध्यक्षमा उपेन्द्र नाथ योगी र सहकोषाध्यक्षमा विकाश बुढाथोकी चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा युवराज भण्डारी, नवराज जैशी, जुना विक, हरिहर भण्डारी, मन्जु बस्नेत र चन्द्र बहादुर सुनार चयन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार