शुभाकर विश्वकर्मा,कोहलपुर,
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा साढे एक वर्षअघि गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरिएपछि देशभर तीव्र विरोध भयो । असार अन्तिम साता पाँचौ पटक प्रधानमन्त्री बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गठन गरेको आयोग नै खारेज गर्ने निर्णय गरेपछि सरकारले आलोचना समेत भएको थियो ।
सरकारकाे निर्णय विरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशभर विरोध प्रदर्शन समेत ग¥यो । विघटिन आयोग अध्यक्ष देवीप्रसाद ज्ञवाली त भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय पुनरावलोकनका लागि सर्वोच्चमा पुगेका थिए । सोमबार मात्रै सर्वोच्च अदालतले ज्ञवालीको रिट माथि सुनुवाई गर्दै तत्काल आयोग खारेजीको प्रक्रिया कार्यान्वयन नगर्न भन्दै कारण देखाउ जारी गर्दै अन्तरिक आदेश दिएको
छ । दुवै पक्षलाई थप छलफलका लागि बोलाएको छ ।
नयाँ सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेसँगै देशभर गठन भएर पनि धेरै काम गरिसकेका भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाईहरु अन्यौलमा परेका थिए । तर यो अवधीमा इकाईबाट भूमिहीन, दलित, सुकुम्बासीहरुको लागि धेरै काम भएका छन् । बाँके जिल्लामा रहेका आठ स्थानीय तह मध्ये कोहलपुर नगरपालिकाले समेत धेरै काम गरेको थियो । कोहलपुर नगरपालिकामा गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाईका प्रमुख वीरबहादुर विकले आयोगको उद्देश्य अनुरुप काम गरेको जानकारी दिएका छन् ।
२०७७ मंसिर २८ गते कोहलपुर नगरपालिका र भूमि सम्बन्धी समस्या समाधान आयोग बीच औपचारिक सम्झौता भएको थियो । आयोगसँगको सम्झौता अनुसार कोहलपुर नगरपालिकाले २०७७÷९÷४ गते लगत संकलन इकाइ स्थापना भयो । प्रमुख विक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्यविधि २०७७ अनुसार कोहलपुर नगरपालिकामा रहेको लगत संकलन इकाईले २०७८÷०४÷१९ गतेसम्म थुप्रै नमूना काम गरेको बताउँछन् ।
एनका अनुसार २०७७ मंसिर ४ गते भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको उपस्थितिमा विधिवत रुपमा लगत संकलन इकाइ कोहलपुरको कार्यालय स्थपना भयो । यस्तै २०७७ माघ १४ गते भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश इन्चार्ज शोभाराम बस्नेतको प्रमुख आथित्यतामा आयोगका कर्मचारी सहितको उपस्थितिमा कोहलपुर नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, १५ वटै वडाका अध्यक्ष, वडा सचिवका बीचमा लगत संकलन कार्यविधि २०७७ का व्यवस्था र आयोगका काम कर्र्तव्य जनशक्ति व्यवस्थापन लगायतका विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्यविधि २०७७ अनुसार कोहलपुर नगरपालिकाका लागि आवश्यक जनशक्ति १५ जनाको लागि करार सेवा पदपुर्तिको लागि सूचना गरेर २०७८÷११÷१८ गते कर्मचारी नियुक्त गरिएको थियो । जस अन्तर्गत तथ्यांक संकलक ५ जना, सामाजिक परिचालक ३ जना, सर्भेक्षक १ जना, अमिन ३ जना, कम्प्युटर अपरेटर २ जना र फिल्ड सहायक १ जना रहेका थिए । लगत संकलन इकाइ प्रमुख विकले सामाजिक परिचालक र तथ्यांक संकलक असारसमान्त कार्य रहेको जानकारी दिए । यस्तै कोहलपुर नगरपालिकामा २०७७ फागुन ०९ गते ३५ दिने सूचना प्रकाशित गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन यस कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुमा २०७७÷११÷२० गतेदेखि तथ्यांक संकलन शुरु गरिएको थियो । उनले तोकिएको समयमा संकलन कार्य सक्नुपर्ने भएकोले प्रत्येक वडाबाट ५ जना तथ्यांक संकलन समेत थप गरी तोकिएको समयभित्र कुल १६ हजार ६ सय १ जनाको फाराम संकलन गरिएको थियो । जसमध्ये भूमिहीन दलित ५९८, भूमिहीन सुकुम्बासी ८४९ र अव्यवस्थित बसोबासी १५ हजार १ सय ५५ जना रहेका छन् । अहिलेसम्म वडा नम्बर ३ मा संकलन भएका फारामहरु बाहेक अन्य सबै वडाहरुका फाइल लगत संकलन इकाईमा ल्याई किर्ता कोड र निस्सा लेख्ने काम सकिसकेको छ । लगत संकलन फारामहरु हालसम्म ६५०० कम्प्युटर इन्ट्री भइसकेको र करिब १० हजार फाइल इन्ट्री गर्न बाँकी रहेको छ ।
२०७७÷१२÷२७ गते देखि वडा नम्बर १ मा भएको जग्गा नाप जाँच कार्य सुरुवात भएको र हालसम्म उक्त वडामा १५६५ कित्ता जग्गा नाप जाँचको कार्य सम्पन्न गरी नक्सा समेत तयार भएको छ । अनुसूचि–११ बमोजिम सूचना संकलन इकाइ र वडा कार्यालयमा ७ दिने सूचना प्रकाशित गरिएको उनले बताए । २०७८÷०४÷१९ गते कार्यपालिकाको बैठकमा पेस भइ प्रकृया अघि बढाउन भूमि सम्बन्धी समस्या अमाधान आयोग जिल्ला समिति बाँकेमा पठाउने निर्णय भइसकेको छ ।लगत संकलन इकाइ कोहलपुरका प्रमुख वीरबहादुर विकले अब अन्य वडाहरुमा जग्गाको नाप जाँच कार्य सुरु गर्न र लगत संकलन फारामहरु कम्प्युटरमा इन्ट्री गर्न, फिल्ड बुक भर्न, क्षेत्रीय किताब भर्न बाँकी रहेको उनको भनाइ छ । यस्तै वडा नम्बर १ मा नाप चाँज भएको जग्गाको नक्सा एकिन गरी प्रिन्ट गर्न, वडा नम्बर १ मा नाप चाँज भएको र कार्यपालिका बैठकले समेत निर्णय गरेको हुँदा जग्गन धनी पूर्जा प्राप्तिको प्रकृयाका लागि जिल्ला समिति बाँकी रहेको कोहलपुर नगरपालिका स्तरीय लगत संकलन इकाइले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्