बर्दिया ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले ठूलो परिमाणको लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीको बिशेष टोलीले ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय अरिव खान पठान रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनको साथबाट प्रहरीले २४ ग्राम ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको हो ।
गुलरिया नगरपालिका वडा नम्बर ११ गणेशपुरस्थित बन्दै गरेको घरको कोठाबाट प्रहरीले पठानसहित ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । यस्तै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ४ ग्राम २६० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित अर्का युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय सुमित सुनार रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । ‘पक्राउ परेका दुबैजना लागू औषध ब्राउन सुगर कारोबारी रहेको अनुसन्धानबाट खुल्न आएको छ’ उनले भने, ‘भारतबाट ल्याएर बाँके बर्दियाका प्रयोगकर्ताहरुलाई बेच्ने गरेको देखिन्छ ।’ दुबै जनालाई बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्