15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

चेक बाउन्स मुद्दामा झण्डै ४० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १९, २०७८  

काठमाडौं ।

चेक बाउन्सको मुद्दामा झण्डै ४० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुरप्रताप थापालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार चक्रपथबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

आफ्नो खातामा पर्याप्त रकम नभएको जानीजानी देव विकास बैंकको चेक काटेर दिएका थिए। त्यसरी बैंकिङ कसुर गरेको भन्दै पीडितले जाहेरी दिएका थिए।

उच्च अदालत पाटनले बैंकिङ कसुर (चेक बाउन्स)को मुद्दामा २०७६ साल भदौ ३ गते ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना तोकेको थियो।

सो आदेश कार्यान्वयन गराउन उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

प्रकाशित मितिः मङ्लबार, साउन १९, २०७८     2:12:19 PM  |