16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

एसपी काफ्लेको एक्सनः स्वचालित पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १९, २०७८  

दाङ ।

दाङमा प्रहरीले स्वचालित पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गढवा गाउँपालिका–१, जुरौलीबाट एकथान स्वचालित पेस्तोल, दुईथान म्यागजिन, दुईथान गोली र तीनवटा मोबाइलसहित उनीहरुलाई गरिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको सिद्धार्थनगर, बढी–३ का २२ वर्षीय करमुल्लाह आमिर र बढी–८ का १९ वर्षीय राजा खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको टोलीले आमिरको कम्मरमा लुकाइराखेको पेस्तोलसहित म्यागजिन र गोली बरामद गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

मंगलबार पत्रकार सम्मेलन गरी प्रहरीले हतियारसहित उनीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुले बिक्रीका लागि दाङमा हतियार ल्याएको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।

हतियारसहित मानिस आउँदै गरेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए । उनीहरुका विरुद्ध हातहतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मितिः मङ्लबार, साउन १९, २०७८     1:19:45 PM  |