कोहलपुर ।
देशभर पछिल्लो २४ घण्टामा मंगलबार ३ हजार ८९९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यो संख्या डेढ महिनायताकै नेपालमा पछिल्लो २४ घण्टामा थपिएको धेरै संख्या रहेको छ । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना जितेर थप १ हजार ७७८ जना घर फर्किएका थिए । अहिलेसम्म देशभर कोरोना जितेर ६ लाख ४७ जना ७९ जना घर फर्किसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म संक्रमणका कारण ९ हजार ७५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका थिए । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ७९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सबैभन्दा धेरै काठमाडौं ४७५, कास्कीमा २७८, झापामा २६१, मोरङमा २४९, चितवनमा १९३, सुनसरीमा १८९ र ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै मकवानपुरमा ७९, नवलपारसी पूर्वमा ६६, दोलखामा ५५, कैलालीमा ४९, नुवाकोटमा ३९, तनहुँमा ३६, काभ्रेपलाञ्चोकमा ३३ र धनकुटामा ३१ जना कोरोना संक्रमित थपिएका थिए ।
बागलुङमा २८, पाँचथरमा २३,धादिङ, स्याङजा , रुपन्देही र सुर्खेतमा १९÷१९ जना, बर्दियामा १६, रामेछापमा १४, दाङमा १३, गोरखा र बाँकेमा १२÷१२ जना, सर्लाही, सिरहा र सिन्धुपाल्चोकमा ११÷११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।









प्रतिक्रिया दिनुहोस्