कोहलपुर : बद्रि ढकाल ‘हिरामणी’को हाइकु संग्रह ठ्यौको बजारमा आएको छ । शिक्षक समेत रहेका ढकालको यो दोस्रो हाइकु कृति हो । उनको पहिलो हाइकु कृति
दामको पूजा–२०७० मा प्रकाशित भएको थियो । उनको प्रतिनिधि हाइकुहरु –२०७७ मा ‐संयुक्त) कृति प्रकाशित छ । ढकालको दोस्रो व्यक्तिगत हाइकु संग्रह ठ्यौको बजारमा आएको हो । उनी प्रतिनिधि हाइकुका सम्पादक समेत रहेका छन् ।

ढकाल आवद्ध रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्धारा प्रकाशित भएको पूर्णिमा हाइकु विशेषाङ्ग –२०७६ का संकलन संयोजक समेत रहेका छन् । नेपाल हाइकु केन्द्र बाँकेका संस्थापक अध्यक्ष समेत रहेका उनी सहिद् स्मृति केन्द्र नेपाल, भेरी साहित्य समाज र मधुरिमा नेपाल कला केन्द्र, बाँकेमा समेत आवद्ध रहेर निरन्तर साहित्य यात्रामा क्रियाशिल छन् ।
पेसाले शिक्षक समेत रहेका उनले एम.एस.सी. एम.ए. बी.एड.सम्म अध्ययन पुरा गरेका छन् । ठ्यौको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । नेपाली र अंग्रेजी भाषामा प्रकाशित कृतिको अंग्रेजी अनुवाद वि.एल. भारती र ÷ विजय न्यौपानेले गरेका छन् । भाषा शुद्धि महानन्द ढकालको रहेको छ ।
लेखक ढकाल पहिलो संस्करणमा सात वटा पुस्तक बजारमा आएको बताउँछन् । साहित्यकार महानन्द ढकालले लघु कविता समेत भनिने हाइकु साहित्यको सटिक विधा भएको बताए । उनका अनुसार हिरामणी बाँके जिल्लाको साहित्यमा परिचित नाम हो । उनको पछिल्लो कृति शसक्त रुपमा बजारमा आएको उनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्