कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पीसीआर परीक्षण गर्दा २ हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५९५ जना संक्रमित निको भई डिस्चार्ज भएका थिए । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५८५ संस्थागत आइसोलेसनमा रहेका थिए । संस्थागत आइसोलसनमध्ये ५९२ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ३२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै १० वर्ष मुनिका ७१ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि १७४ जना कोरोना सक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ५३१, मोरङमा २५२, झापामा १७८, सुनसरीमा १६५, ललितपुरमा १४७, कास्कीमा १२६ र चितवनमा १२५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यस्तै मकवानपुरमा ६८, नवलपरासी पूर्वमा ६१, कैलालीमा ४५, धादिङमा ४४, भक्तपुरमा ४१, रुपन्देहीमा ३७, पाल्पामा ३२, बागलुङमा २७, दोलखामा २३, काभ्रे र सुर्खेतमा २२/२२ जना कोरोना संक्रमित थपिएका हुन् । सप्तरीमा १७, बारामा १६, तनहुँ र स्याङजामा १४÷१४ जना, रामेछाप, पर्वत र दाङमा १२/१२ जना, नुवाकोटमा ११ र तेह्रथुममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्