नायिका तापसी भन्छिन्,‘प्रोडक्सन हाउस नेपोटिजमसँग लड्न खोलेकी हैन’



काठमाडाैं

तापसी पन्नू थोरै समयमा धेरै चर्चा कमाउने बलिउड नायिका भित्रमा पर्छिन्। उनी प्रायः बाहिरबाट दुःख गरेर आएका कलाकारका बारेमा आफ्ना धारण राख्ने गर्छिन्।

‘नेपोटिजम’ अर्थात् नाताबादबारे पनि उनले धेरै विवादास्पद अभिव्यक्ति दिरहेकी हुन्छिन्। उनै नायिकाले केही समयअघि मात्रै आफ्नै ‘प्रोडक्सन हाउस’ खोलेकी छन्।

सबैले ‘नेपोटिजम’सँग लड्नका लागि उनले ‘प्रोडक्सन हाउस’ खोलेको अनुमान गरिरहेका छन्। तर, उनकाे तर्क बेग्लै छ। ‘नेपोटिजम’सँग लड्न आफूले ‘प्रोडक्सन हाउस’ नखोलेको उनले स्पष्ट पारेकी छन्।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सलाई दिइएको अन्तवार्तामा उनले बाहिरबाट आएका कलाकारलाई मौका दिने, तर ‘नेपोटिजम’सँग नभिड्ने बताएकी छन्।

उक्त ‘प्रोडक्सन हाउस’ ‘इन्डस्ट्री’ भित्रकै मानिस र आफ्ना फ्यानले उपहार दिएको समेत उनले बताइन्।

 

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ५ गते मंगलबार