विवादमा तानिएर हटाइएको ‘अबको तिज, नो व्रत प्लिज’ पुन: सार्वजनिक



काठमाडौं

अघिल्लो वर्ष तिजको छेको पारेर सार्वजनिक भएको सोफिया थापाको गीत पुन: सार्वजनिक गरिएको छ।

एक वर्षअघि ‘अबको तिज, नो व्रत प्लिज’ गीत हाइलाइट्स नेपालको च्यानलबाट अपलोड भएको थियो। अपलोड भएलगत्तै उक्त गीतले तिजको मर्म र हिन्दू महिलाहरुको आस्थामा ठेस पुर्‍याएको भन्दै चर्को प्रतिक्रयाको सामना गर्नु परेको थियो।

विभिन्न समूहले धम्की दिएपछि उक्त हाइलाइट्स नेपालले आफ्नो च्यानलबाट हटाएको थियो। उक्त गीत पुन: उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छन्।

सोफियाले ‘अबको तिज, नो व्रत प्लिज’ बोलको गीत आफ्नै रचना र संगीतमा गाएकी हुन्।

उनले गीतको नाम ‘नो सङ’ लेखेकी छन् भने बराबरीका लागि गीत पनि लेख्न छुटाएकी छैनन्। त्यस्तै,गीतमा प्रतिक्रिया दिन नमिल्ने गरि ‘कमेन्ट् सेक्सन अफ’ गराएकी छन्।

सोफियाले सामाजिक सञ्जाल फेसबुकमा कसैले गलत या सहि भन्दैमा आफ्नो अडान नछाड्ने बताउँदै आफूले संगीत बुझेको धारणा राखेकी छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ५ गते मंगलबार