राँझामा मोटरसाइकल दुर्घटना हुँदा शाहीको मृत्यु



कोहलपुर ।

नेपालगञ्ज–कोहलपुर सडक खण्डको राँझा चोक नजिकै मोटरसाइकल दुर्घटना हुदाँ एक युवाको मृत्यु भएको छ । नेपालगञ्जबाट राँझातर्फ आइरहेको भे ७ प ९१९४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हुम्ला घर भएका शंकर शाही रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार तीब्र गतीमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते शाहीको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार